रुसी सेनामा भर्ती भएका आफन्त यसो भन्छन्…

Photos-1

काठमाडौ: रुसी सेनामा भर्ती भएका नेपालीका परिवारहरुले आफन्तको उद्धारको माग राख्दै सोमबार पनि सामूहिक अनशनलाई जारी राखेका छन्। शुक्रबारदेखि काठमाडौँको माइतीघरमा रुसी सेनामा भर्ती भएका आफन्तहरूको उद्धारको माग गरी अनशन बस्दै आएका उनीहरुले सोमबार पनि बालुवारटारस्थित रुसी राजदूतावास कार्यालय अगाडि अनशन बसेर उद्धारका लागि दबाव बढाएका हुन्। उनीहरूले  सेनामा भर्ती भएकाहरूको उद्धार, रुसी सेनामा रहेका नेपालीको तथ्यांक सार्वजनिक, युद्धमा घाइते नेपालीको उचित उपचार, युक्रेनको कब्जामा रहेका पाँच नेपालीको उद्धार, मृतकको शव ल्याउन र क्षतिपूर्तीसहित रुसी सेनाबाट प्राप्त गर्ने सबैखाले सेवा सुविधा नेपाल ल्याउन व्यवस्थालगायतका विभिन्न १३ बुँदे माग राखेका छन्।

चार दिनदेखि आमरण अनशनमा बसेकी पीडित कृतु भण्डारीले आफूहरु अनशन बसेको चार दिन भइसकेक्दा पनि सरकारले बेवास्ता गरेको बताइन्। उनले भनिन्,‘आजभन्दा चार दिन अगाडिदेखि हामी आमरण अनशनमा छौं। म लगायत तीन जना अनशनमा छौं। अन्यपनि रिले अनशनमा हुनुहुन्छ। आज चौंथो दिनसम्म कसैले प्रतिक्रिया दिइको छैन। सरकारले यो सूचना पाएको छ वा छैन थाहा छैन। तर हामीमाथि पूरै वेवास्ता भएको छ।’ उनले युद्धग्रस्त क्षेत्रमा अवसरको खोजी गरेर गएका नेपालीहरुको उद्धार तथा जीवनरक्षा गर्नु सरकारका दायित्व रहेको भन्दै आफूहरुको माग सम्बोधनको लागि आग्रह गरिन्। ‘नेपालमा बस्ने वातावरण सृजना नहुँदा हाम्रा आफन्तले युद्धग्रस्त क्षेत्र रोज्न बाध्य भएका हुन्। जसरी गएको भए पनि उहाँहरु नेपाली नागरिक हुनुहुन्छ। उनीहरुको जीवनरक्षा गर्ने सरकारको न्यूनतम दायित्व हो। सरकारले उद्धार, मृतकको शव नेपाल ल्याइदिनुपर्यो। युद्धमा घाइते नेपालीको उचित उपचार हुनुप¥यो भन्ने अपिल गर्छु’, उनले भनिन्। त्यस्तै आमरण अनशनमा रहेकी अर्की पीडित चिरानी घर्तीको पनि गुनासो उस्तै छ।  अनशन बसेको चार दिनसम्म पनि सबै निकायलाई जानकारी भएको तर कतैबाट सुनुवाइ नभएको उनी बताउँछिन्। उनले माग पुरा नभएसम्म सडकमै बस्ने जिकिर गरिन्। उनले भनिन्,‘अनशन बसेको चार दिन भयो हरेक निकायमा धाइसक्यौं तर हाम्रो कुरा कसैले सुनेको जस्तो लागेन। हाम्रो माग पूरा नभएसम्म हामी सडकमै बस्छौं। हाम्रा नेपालीलाई फर्काउनु पर्यो सरकारलाई यहि भन्न चाहन्छु।’ त्यसैगरी अर्का पीडित कपिल रुम्बाले नेपालको कुटनीतिक पहल नै कमजोर रहेको आशंका व्यक्त गरे। सबै ठाउँमा निवेदन दिएको र प्रभावकारी रुपमा कसैलेपनि माग सम्बोधन गर्न अगाडि नबढाएको उनले बताए। उनले भने,‘विदेशदेखि सबै ठाउँमा निवेदन दिएको छौं। खासै प्रभावकारी रुपमा उनीहरु अगाडि बढेको जस्तो लागेन। कूटनीतिक पहल नै कमजोर जस्तो लाग्यो।’ आन्दोलनकारीले विगत दुई महिनादेखि आवाज उठाउँदै आइरहेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *