ईंग्लिश प्रीमियर लीगः आर्सनलको साथमा लिभरपूलको जीत

IMG-20240422-WA0016.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीग फूटबलको जारी सीजनमा खिताब जित्ने होड़लाई रोचक बनाउँदै आर्सनल र लिभरपूलले आ-आफ्नो म्याच जित्यो। यी दुई टीमको जीतले गत सीजनको विजेता म्यानचेष्टर सिटीमाथि फेरि दबाउ सृष्टि भयो। आर्सनलले आइतवार राति खेलिएको म्याचमा वूल्भ्सलाई २-०-ले पराजित गऱ्यो। यस अवे म्याचा ५४ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले दुवै गोल दुवै हाफको अन्तिम समयमा हासिल गऱ्यो। लिएण्ड्रो ट्रोसार्डले ४५औं मिनटमा बढ़त दिलाए। त्यसपछि मार्टिन ओडेगार्डले म्याचको अन्तिम क्षण (इञ्ज्युरी टाइमको पाँचौं मिनट)-मा गोल गरी आर्सनललाई जीत दिलाए। यसरी नै लिभरपूलले फूलह्याम विरुद्ध ३-१-ले जीत दर्ता गऱ्यो। फूलह्यामको होम ग्राउण्डमा मध्यान्तरसम्म त स्कोर १-१-को बराबरीमा रहेको थियो तर दोस्रो हाफको खेलमा २ गोल थपेर लिभरपूलले म्याच जित्यो। म्याचमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने लिभरपूलबाट ट्रेण्ट एलेक्जेण्डर-अर्नोल्डले ३२औं, ऱ्यान ग्रावेनबर्चले ५३औं र डिओगो जोटाले ७२औं मिनटमा गोल गरे। यसरी फूलह्यामबाट टिमोथी कास्टाग्नेले मध्यान्तर अघि इञ्ज्युरी टाइमको दोस्रो मिनटमा गोल गरे। आर्सनल र लिभरपूलसँग अहिले ३३-३३ वटा म्याचपछि ७४-७४ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा आर्सनल प्रीमियर लीग पोइण्ट्स टेबलको शीर्षमा रहन पुग्यो। म्यानचेष्टर सिटी चाहिँ ७३ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ तर उनीहरूले एउटा म्याच कम्ती खेलेका छन्। प्रीमियर लीगका अन्य म्याचहरूमा एस्टन भिल्लाले बोर्नमाउथले ३-१-ले, क्रिस्टल प्यालेसले वेष्ट ह्यामलाई ५-२-ले र एभर्टनले नटिंघम फरेष्टलाई २-०-ले पराजित गऱ्यो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *