ओलम्पिकसम्म ओजन प्रबन्धन गर्नु चुनौतीपूर्ण हुने बताइन् विनेश फोगाटले

IMG-20240422-WA0023.jpg

बिश्केक: ओलम्पिक कोटा हासिल गरेर राहत अनुभव गरिरहेकी विनेश फोगाटले पेरिस खेलहरूका तयारीको निम्ति ५० किग्राको सबैभन्दा तल्लो वर्गमा आफ्नो ओजन कायम राख्नु उनको निम्ति चुनौतीपूर्ण हुने स्वीकार गरिन्। विनेशले एशियन ओलम्पिक क्वालीफायरमा असाधारण प्रदर्शन गरिन् अनि कुनै पोइण्ट्स नगुमाइ लगातार तेस्रो ओलम्पिक कोटा पक्का गरिन्। भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-का पूर्व प्रमुख ब्रिजभूषण शरण सिंह विरुद्ध विरोध प्रदर्शनले गर्दा उनी लगभग डेढ़ सालसम्म नियमित अभ्यास र खेलदेखि टाढ़ा रहेकी थिइन्। यस अवधि अन्तिम पंघालले ५३ किग्रा वर्गमा कोटा हासिल गरिन्। विनेशले लामो समयदेखि यसै ओजन वर्गमा चुनौती पेश गर्दै आएकी थिइन्। यसरी देशकी सबैभन्दा सफल महिला पहलवानसँग ओलम्पिक कोटा सुनिश्चित गर्न आफ्नो ओजन वर्ग बद्लिन बाहेक अन्य कुनै विकल्प थिएन।
विनेशले ५० किग्रा वर्गमा कोटा सुनिश्चित गरेपछि भनिन्, मैले आफ्नो ओजनलाई असल तरिकाले प्रबन्धन गर्नु पर्नेछ। मैले यति लामो समयपछि आफ्नो ओजनलाई कम्ती गरेर ५० किग्रा गरेकी छु। यसैकारण यस ओजनलाई कायम राख्न हरसम्भव प्रयास गर्नेछु। यस २९ वर्षीय पहलवानले भनिन्, मेरो मांसपेशी मजबूत छ। यसैकारण मेरो ओजन तेजीको साथ बढ़्छ। अहिले म केवल आफ्नो ओजनलाई नियन्त्रित गर्न चाहन्छु। मसँग ४ महिना बाँचेको छ अनि प्रत्येक दिन महत्त्वपूर्ण हुनेछ। ओलम्पिक कोटा हासिल गर्न ओजन कम्ती गर्नु बाहेक मसँग अन्य कुनै विकल्प थिएन। मैले ५० किग्रा वर्गमा देशको निम्ति कोटा हासिल गरे। यसैकारण म खुशी छु। म ५० किग्रा वर्गमा जानेछु या ५३ किग्रा वर्गमा, त्यो ट्रायलमा तय हुनेछ तर जे भए पनि मैले देशको निम्ति ओलम्पिक कोटा जितेकी छु।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *