राज्यमा ७९.९० प्रतिशत मतदान भयो

IMG-20240421-WA0308.jpg

गान्तोक: गत १९ अप्रेलको दिन राज्यमा सिक्किम विधानसभा र लोकसभाको चुनाउ शान्तिपूर्ण ढङ्गमा सम्पन्न भयो। यसपालीको चुनाउमा ७९.९० प्रतिशत मतदान भएको जानकारी गराइएको छ। पहिलाको तुलनामा सिक्किम राज्यमा मतदानको प्रतिशतमा वृद्धि भएको अगत गराइएको छ। यस वर्ष सिक्किम विधानसभा चुनाउमा १४६ जना उम्मेदवारहरूले प्रतिष्पर्धा गरेका थिए, जसमा ६ वटा राजनीतिक दलका उम्मेदवार र रहल स्वतन्त्रता उम्मेदवारहरू सामेल रहेका छन्। यसरी नै लोकसभा चुनाउको निम्ति कूल १४ जना उम्मेदवारहरूले प्रतिष्पर्धा गरे। गत १९ अप्रेलको दिन सम्पन्न भएको चुनाउको परिणाम आगामी २ जूनको दिन हुने भएको छ भने लोकसभा चुनाउको निम्ति देशभरि न ४ जूनमा मतगणना हुनेछ। यसपालीको चुनाउमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका अध्यक्ष एवम निर्वतमान मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले दुईवटा समष्ठीबाट उम्मेदावरिता दिएका छन् भने सोही प्रकारले एसडीएफ पार्टीका अध्यक्ष एवम पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि दुईवटा निर्वाचन क्षेत्रबाट प्रतिष्पर्धा गरेका छन् भने सिटीजन एक्सन पार्टीका अध्यक्ष गणेश राईले पनि दुईवटा निर्वाचन क्षेत्रबाट नै प्रतिष्पर्धा गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *