बागेश्वर बाबाले विराटनगरमा गरे पशुपतिनाथ मन्दिरको उद्घाटन

IMG-20240421-WA0016

झापा (नेपाल): भारतको बागेश्वर धाम शक्तिपिठका पिठाधिस धिरेन्द्र कृष्णशास्त्रीले आज विराटनगरमा पशुपतिनाथ मन्दिरको उद्घाटन गरेका छन्। विराटनगरका कविन श्रेष्ठ, विनय चौधरी, सीतादेवी अग्रवाल, प्रशान्त तातेड र गंगा खतिवडाले १ सय ५० करोडको लागतमा पाँच तारे लेमनट्री प्रिमियर होटल निर्माण गरेका छन्। पाँच तारे होटल सञ्चालनमा आउन केही समय बाँकी छ। तर होटलको प्राङ्गणमा निर्माण गरिएको पशुपतिनाथ मन्दिरको आज बाबा धिरेन्द्र कृष्णशास्त्रीले  उद्घाटन गरेका छन्। सुनसरीको बराहक्षेत्र चतरामा सञ्चालन भइरहेको कुम्भ मेलामा सहभागिता जनाएर आज भारत फर्किने क्रममा बाबा धिरेन्द्र कृष्णशास्त्रीले पाँच तारे होटलका सञ्चालकले निर्माण गरेको मन्दिरको उद्घाटन गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *