पाँचथरमा टाटा सुमो दुर्घटनाझापका १४ जना घाइते

IMG-20240421-WA0015

झापा (नेपाल): मेची राजमार्गको पाँचथर खण्डमा टाटा सुमो दुर्घटना हुँदा झापका १४ जना घाइते भएका छन्। ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे १ ज १९४७ नम्बरको टाटा सुमो आज बिहान पाँचथरको हिलिहाङ गाउँपालिका–७ माथिल्लो सल्लेरीमा दुर्घटना भएको हो। पुलिस   चौकी जोरपोखरीका पुलिस सब इन्स्पेक्टर किरण राईका अनुसार टाटा सुमो सडकदेखि ६० मिटर तल झरेको छ। गाडीमा सवार १४ जना घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल पाँचथर, फिदिममा ल्याइएको हो। पाँचथर अस्पतालले सात जनालाई थप उपचारका लागि झापा रेफर गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *