मल्ली: सिटिजन एक्शन पार्टी-लोक सभा सिक्किम उम्मेदवार भरत बस्नेतले गणेशकुमार राईमाथि भएको आक्रमणको निन्दा गरेका छन्। राई आफ्नो मौलिक अधिकार प्रयोग गरी मल्ली मतदान केन्द्रबाट निस्कदै गर्दा उक्त घटना भएको हो। घटनाप्रति गहिरो चासो व्यक्त गर्दै बस्नेतले आक्रमणलाई सामाजिक विचलनको अभिव्यक्ती भएको बताउँदै यस्ता हिंसा र अश्लील कार्य कुनै पनि सभ्य समाजमा स्वीकार्य नहुने बताए। उनले भने, लोकतान्त्रिक प्रक्रियाको पवित्रता व्यक्तिले आफ्नो विश्वव्यापी वयस्क मताधिकारको शान्तिपूर्ण रूपमा डर वा धम्कीविना प्रयोग गर्ने क्षमतामा निर्भर गर्दछ।बस्नेतले भने, ‘यस्ता समाज विरोधी तत्वले गरेका असभ्य कार्यको म भर्त्सना गर्दछु र भविष्यमा यस्ता निन्दनीय कार्य दोहोरिने काम नगर्न आग्रह गर्दछु। उनले यस्ता घटना रोक्न कडा कदम चाल्न आह्वान गर्दै लोकतन्त्र र सामाजिक सद्भावको सिद्धान्तलाई कायम राख्ने प्रतिबद्धता दोहोर्याए।