रसेलको अलराउण्ड प्रदर्शनले केकेआरको रोमाञ्चक जीत

IMG-20240421-WA0302.jpg

काेलकत्ता: कलकत्ता नाइट राइडर्स (केकेआर)-ले आईपीएल २०२४-को रोमाञ्चक म्याचमा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-लाई १ रनले पराजित गऱ्यो। ईडन गार्डन्समा खेलिएको म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै केकेआर-ले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनायो। जवाफमा आरसीबी-को टीम २० ओभरमा २२१ रन बनाएर अलआउट भयो। केकेआर-लाई रोमाञ्चक जीत दिलाउनमा अलराउण्डर आन्द्रे रसेलको महत्त्वपूर्ण भूमिका रह्यो, जसले अविजित २७ रन बनाउनको साथै ३ विकेट पनि लिए। केकेआर-लाई होम ग्राउण्डमा फिल सल्टले १४ बलमा ४८ रनको साथ तेज शुरुवात दिलाए। उनले ७ वटा चौका र ३ वटा छक्का लगाए। यसबाहेक कप्तान श्रेयस अय्यरले टीमको निम्ति सर्वाधिक ५० रन बनाए। उनले ३६ बल खेलेर ७ वटा चौका र एउटा छक्का लगाए। अन्तिम ओभरहरूमा रिंकू सिंहले २४, आन्द्र रसेलले अविजित २७ र रमनदीप सिंहले अविजित २४ रनको योगदान दिए। आरसीबी-का बलरहरूमा यश दयाल र क्यामरन ग्रीनले २-२ विकेट लिए। जवाफमा आरसीबी-ले फर्ममा रहने विराट कोहली (१८ रन) र फाफ डू प्लेसिस (७)-लाई शुरुमै गुमाए पनि विल ज्याक र रजत पाटीदारले अर्द्धशतकको साथ आरसीबी-लाई जीतको नजिक पुऱ्याएका थिए तर केकेआर-का बलरहरूले दबाउको परिस्थितिमा उत्कृष्ट प्रदर्शन गर्दै टीमलाई जीत दिलए। ज्याकले ५ वटा छक्का र ४ वटा चौकाको साथ ३२ बलमा ५५ रन अनि पाटीदारले २३ बल खेलेर ५ वटा छक्का र ३ वटा चौकाको साथ ५२ रन बनाए। अन्तिम ओभरहरूमा दिनेश कार्तिक (२५) र करण शर्मा (२०)-ले भरपूर प्रयास गरे पनि आरसीबी-लाई जीत दिलाउन सकेनन्। केकेआर-का बलरहरूमा रसेल बाहेक हर्षित राणा र सुनिल नारिनले २-२ विकेट लिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *