गुवाहाटी लोकसभा चुनाउमा कोकराझार लोकसभा क्षेत्रबाट उम्मेदवार एवं निवर्तमान सांसद नब कुमार शरणियाको नामांकन जाति प्रमाण पत्रमा विसंगतिहरूको कारण रद्द गरिएको छ। उल्लेख्य, दुई दिनअघि गुवाहाटी हाईकोर्टले नब कुमार शरणियाको जाति प्रमाण पत्र फर्जी पाइएको फसेला सुनाएको थियो। कोर्टले भनेको थियो, शरणिया अनुसूचित जनजातिका होइनन्। उनले आफ्नो नामांकन दर्ता गरेका थिए तर चुनाउ आयोगको निर्देशमा निर्वाचन अधिकारीले उनको नामांकनपत्र खारेज गऱे।
उल्लेख्य, पूरा घटनाको सन्दर्भमा राज्यका महाधिवक्ता देबजीत सैकियाले भने, नब शरणियाले २०११ मा अल असम ट्राइब एसोसिएशनबाट जाति प्रमाण प्राप्त गरेका थिए। शरणिया कोकराझारबाट दुई पल्ट सांसद रहिसकेका छऩ्।