अरविन्द केजरीवाललाई जेलभित्र इन्सुलिन उपलब्ध गराइएको छैन: आप

atishi-aap-workers-carrying-insulin-gather-outside-tihar-jail.jpg

तिहाड़ जेलको बाहिर आपकाे विरोध प्रदर्शन

नयाँ दिल्ली: दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पछिल्लो २० दिनदेखिको तिहाड़ जेल नम्बर दुईमा थुनिएका छन्। अहिलेघरि उनको शुगर लेबल बढ़ेको समाचार चर्चामा छ। यसलाई लिएर आपनेताहरूले आइतवार तिहाड़ जेलको बाहिर विरोध प्रदर्शन गरे।

विरोध प्रदर्शनमा दिल्ली सरकारकी मन्त्री आतिशी पनि सामेल भइन्। यस अवधि उनले गगनभेदी नाराबाजी गर्दै अरविन्द केजरीवाललाई चाँड़ै इन्सुलिन उपलब्ध गराउने माग गरिन्।

आतिशीले भनिन्, उनी विगत ३० वर्षदेखिकै डायबिटीजद्वारा ग्रस्त छन् र केही दिनदेखिको उनको शुगर लेभल ३०० भन्दा अधिक पुगेको छ। यदि हामीले विश्वका कुनै पनि डाक्टरलाई सोध्यौं भने ३०० भन्दा अधिक पुगेको शुगर लेभललाई इन्सुलिन बिना नियन्त्रण गर्न नसकिने बताउँछन्। यस अवस्थामा पनि उनलाई जेलभित्र इन्सुलिन उपलब्ध गराइएको छैन।

उनको भनाइ छ, भाजपाको इसारामा तिहाड़ जेल प्रशासनले इन्सुलिन दिन अस्वीकार गरेको छ। यस्तो क्रूरता त अंग्रेजको शासनमा पनि भएको थिएन। तथापि प्रदर्शन गरेको केही समयपछि पुलिसले सबैलाई त्यहाँबाट हटायो।

वास्तवमा अरविन्द केजरीवालको शुगर लेभललाई लिएर आम आदमी पार्टीका मन्त्री, विधायकदेखि लिएर हरेक नेताले चिन्ता मात्र व्यक्त गरिरहेका छैनन् जबकि भाजपामाथि अरविन्द केजरीवालको ज्यानसित खेलेको आरोप समेत लगाइरहेका छन्। अर्कोतिर भाजपाको भनाइ छ, उनले जानी-जानी जेलमा गुलियो खानेकुरा खान्छन्। उनले नियोजित रूपमै आफ्नो शुगर लेभललाई बढ़ाइरहेका छन् ताकि त्यै आधारमा उनलाई जमानत प्राप्त होस्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *