जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रको स्ट्रङ रुमलाई तीन तहको कडा सुरक्षा व्यवस्था

IMG-20240421-WA0267

जलपाईगढी: जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रको स्ट्रङ रूमलाई तीन तहको सुरक्षाले घेरिएको छ। केन्द्रीय बलका कर्मचारीहरू स्ट्रङ्ग रुमभित्र र राज्य पुलिसको एक टोली बाहिर उपस्थित छ। साथै, स्ट्रङ रुमभित्र र बाहिर सम्पूर्ण क्षेत्र सीसीटीभी क्यामेराले कभर गरिएको छ। जलपाईगढी लोकसभा निर्वाचन क्षेत्रका उम्मेदवारहरूको भाग्य अब उत्तर बंगाल विश्वविद्यालयको दोस्रो क्याम्पसमा स्थापित स्ट्रङ रुममा राखिएको छ। स्ट्रङ रुमको सम्पूर्ण क्षेत्रलाई कडा सुरक्षा घेरामा राखिएको छ। यस लोकसभा निर्वाचन क्षेत्र मा जलपाईगढीको सात विधानसभा क्षेत्र शामिल छ। कुल उम्मेदवारहरू १२ छन्। जिल्लापाल शमा परवीनले भनिन्, ‘स्ट्रङ रुमको सम्पूर्ण क्षेत्र पुलिस र केन्द्रीय बलको साथमा सीसीटीभी क्यामेराको साथ कडा सुरक्षाले घेरिएको छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement