दार्जीलिङ: विनय तामाङ विरूद्व पार्टीले कार्वाही गरिने संकेत कांग्रेस अब्जर्वर भीपी सिंहले दिएका छन्। कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङको चुनाव प्रसारमा अंश ग्रहण गर्न दिल्लीबाट कांग्रेस पार्टीको अब्जर्वर भीपी सिंह दार्जीलिङ आएका छन्। आज उनी पार्टी उम्मेद्वार डाक्टर मुनिष तामाङको चुनाव प्रसारको कार्यमा हिस्सा लिन पोख्रेबुङ बजार पुगेका थिए।त्यस अवधि उनले उनले प्रदेश कांग्रेस महासचिव विनय तामाङले पार्टी विरूद्व कार्य गर्दै आईरहेको पार्टी उम्मेद्वार डाक्टर मुनिष तामाङ, जिल्ला समिति अध्यक्ष शंकर मालाकर साथै कार्यकारिणी अध्यक्ष सरोज खत्रीले लिखित रूपमा प्रदेश समिति अध्यक्ष अधीर रन्जन चौधरी साथै राष्ट्रिय महासचिव गुलाम अहम्मद आदिलाई दिईसकेको बताए। कांग्रेस पार्टी एकतामा विश्वास राख्छ सिंहले भने। तिनले भने, दार्जीलिङको जनताप्रति म आभारी छु, विगतका चुनावमा दावा नर्बुलाले जीत हाँसिल गरेेको थियो। आज त्यसभन्दा राम्रो माहौल रहेको सिंहले बताए। हाम्रो पार्टी, कांग्रेस, बाम फ्रण्ड एकबद्व भएर कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङलाई विजय बनाउन लागि परेका छन्। गोर्खा समुदायको भावनालाई म कदर गर्छु। यहाँको जनता कांग्रेस पार्टीसंग जोडिएर बस्न रूचाउँछ भीपी सिंहले भने।