भाजपा र तृणमूल भागोप्रमोलाई भोट दिने कुनै आधार छैन: अजय एडवाडर्स

IMG-20240421-WA0283.jpg

दार्जीलिङ: भाजपा र तृणमूललाई भोट हाल्ने कुनै आधार छैन भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। ईण्डी गठबन्धन समर्थित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पोख्रेबुङमा चूनाव प्रचार गरेका छन्। यस अवधि पथ सभा, रोड शो आदि जस्ता कार्यक्रमहरू गरियो।आयोजित पथ सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष अजय एडवडर्सले भारतीय जनता पार्टी र तृणमूललाई भोट हाल्ने कुनै आधार नरहेको बताएका छन्। गत २०१७ को आन्दोलनमा आजको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको नेतृत्वहरूले बंगालको शरण परेर बंगाल पुलिसलाई आन्दोलनकारी भाइ बहिनीहरूको घरहरू चिनाउने कामहरू गरेको थियो। यस्तो मानिसहरूलाई हामीले कसरी भोट दिनु भन्दै एडवाडर्सले प्रश्न तेर्साए। उनले भने, विगत दिनमा मैले सोनिया गाँधीको घरमा राहुल गांधी टसंग भेट गरेको थिए। त्यस अवधि मैले राहुल गाँधीलाई भनेको थिए नरेन्द्र मोदी हाम्रो निम्ति चट्टान भएर उभिदिन्छ भनेर सोचेका थियौं। तर २०१७ को आन्दोलनमा १०३ दिन पहाड बन्द हुँदा एक शब्द पनि बोली दिएनन्। तत्कालीन सांसद सुरेन्द्र आलुवालियाले एक शब्द पनि बोलेनन् । तर सन १९८६ को आन्दोलनमा स्व राजीव गाँधी गोरामुमोको संस्थापक अध्यक्ष सुवास घिसिङको साथ खडा भएका थिए अनि गोर्खाले अलिकति भए पनि न्याय पाएका थिए।’

उनले अघि भने, मणिपूरमा केही अप्रिय घटना हुँदा काश्मीरमा अप्रिय घटना हुँदा साथै देशको कुनै पनि राज्यमा कुनै अप्रिय घटना साथै अन्याय अत्यचार हुँदा राहुल गाँधी खडा भएको देखिन्छ। गोर्खासंचँग पनि राहुल गाँधी तपाई खडा भईदिनुपर्छ भन्ने मैले गुहार लगाउँदा तिनले खडा भईदिन्छु भनेर मलाई वचन दिएको छ। राहुल गाँधी हामी गोर्खाहरूको साथ खडा भई दिए राज्यको तृणमूल सरकारको अत्यचार, केन्द्रको भाजपा सरकारको जुम्लाबाजी,पहाडमा भागोप्रमोको भष्ट्रचार, भाइभतिजावाददेखि हामी मुक्त हुनेछौं।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *