मानिसहरू कम्ती भएको कारणले दार्जीलिङमा गृहमन्त्री अमीत शाहको कार्यक्रम रद्द भएको हो: अनित थापा

IMG-20240421-WA0277.jpg

दार्जिलिङ: सोचेकोभन्दा मानिसहरू कम्ती देखेर गृहमन्त्री अमीत शाहको कार्यक्रम दार्जिलिङमा रद्द भएर अरुतिर नै गएको आरोप भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाले लगाएका छन्। अमित शाह दार्जीलिङको जनसभामा सामेल नभएको विषयमाथि पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा जीटीए चिफ् एंव भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले एक प्रश्नको उत्तरमा भने, आज गृहमन्त्री अमीत शाहको कार्यक्रम दार्जिलिङमा रहेको हामीले पनि सुनेका थियौं तर लेबोङ खेल मैदानमा ४ हजार चेयर्सहरू लगाइएको थियो तर मानिसहरू भने पन्ध्र सय पनि थिएनन्। त्यसैले फ्लाइट उड़ेर पनि मानिसहरू कम देखेर अर्कैतिरको जनसभामा गएको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement