गोर्खाहरूको मुद्दा विचराधीन अवस्थामा छन् जसलाई न्यायपूर्वक समाधान गरिनेछ: सतपालजी महाराज

IMG-20240421-WA0257.jpg

दार्जीलिङ: दार्जीलिङ संसदीय सिटको लागि भारतीय जनताको पार्टीको प्रार्थी राजु विष्टको पक्षमा सतपालजी महाराजले दार्जिलिङको लेबोङ खेल मैदानमा सम्पन्न जनसभालाई सम्बोधन गरेका छन्। आजको चुनावी जनसभामा केन्द्रीय गृहमन्त्री अमीत शाह आउने भनिए पनि मौसमको कारणले उनको दौरा रद्द गरिएको जानकारी प्राप्त भएको छ। उक्त जनसभालाई सम्बोधन गर्दै सतपालजी महाराजले विगत पाँच वर्षमा राजु विष्टले दार्जिलिङ जिल्लाको लागि धेरै विकासको कार्यहरू गरेको बताउँदै दार्जिलिङ, कालेबुङ र सिलगढी क्षेत्रका राजु विष्टले केन्द्रमार्फत् धेरै कामहरू गरेको दाबी गरे। महाराजले राजु विष्टको कार्यहरूको रिपोर्ट कार्ड बताउँदै प्रधानमन्त्री ग्राम सड़क परियोजना, प्रधानमन्त्री आवास योजना लगायत स्वास्थ्य र अन्य धेरै क्षेत्रमा हजारौं करोड़को कामहरू गरेको बताएका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा राम मन्दिर निर्माण भएर अयोध्याको समस्या समाधान भएको बताउँदै भाजपालाई यसपाली पनि भोट दिएर जिताउने आह्वान् गरे। जनसभापछि पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा सतपालजी महाराजले गोर्खाहरूको मुद्दा विचराधीन अवस्थामा छन् र गोर्खाहरूको समस्या न्यायपूर्वक समाधान हुने बताएका छन्। उनले आज मौसम बिग्रेको कारणले गृहमन्त्री अमीत शाहको कार्यकम रद्द गरिएको जानकारी गराए। पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा भाजपा प्रार्थी राजु विष्टले २०२६ को चुनाव अघि नै गोर्खाहरूको समस्या समाधान हुनेछ र संवैधानिक रूपमा गोर्खाहरूको समस्या समाधान गरिनेछ भनी भनी बताएका छन्। उनले सीएएको समयमा नै स्थायी राजनैतिक समाधान हुने थियो तर हाम्रो बील पास भएको थिएन भनी बताएका छन्।

सांसद राजु विष्टले आजको जनसभामा उपस्थित सबै जनताप्रति आभार प्रकट गरेका छन्। पत्रकारहरूलाई गोजमुमो अध्यक्ष बिमल गुरुङले पनि सम्बोधन गरेका थिए। यस जनसभामा भाजपा र गठबन्धन दलहरूका प्रतिनिधिहरू उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *