‘इंडिया’ गठबंधनको महार्‍यालीमा अरविन्द केजरीवाल र हेमन्त सोरेनको लागि मञ्चमा राखियो खाली चौकी

Empty-Chair

राँची: राँचीमा ‘आईएनडीआईएगठबन्धनको र्‍यालीमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र झारखण्डका पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको लागि मञ्चमा दुईवटा चौकी खाली राखिएको थियो। केजरीवाल र सोरेन विभिन्न मुद्दामा जेलमा छन्। उलगुलान न्याय महार्‍यालीमुख्यतया झारखण्ड मुक्ति मोर्चा (जेएमएम)द्वारा आयोजित गरिएको हो। सोरेनको मास्क लगाएको ठूलो संख्यामा पार्टी कार्यकर्ताहरू देखिएका थिए। सोरेनलाई प्रवर्तन निदेशालय (ईडी) ले ३१ जनवरीको राति एक कथित भूमि धोखाधडीसँग सम्बन्धित मनी लान्ड्रिङ  मुद्दामा पक्राउ गरेको छ। ईडीले केजरीवाललाई २१ मार्चमा दिल्लीको उत्पादन शुल्क नीतिसँग सम्बन्धित एक मुद्दामा पक्राउ गरेको थियो।

जेएमएमका कार्यकारी अध्यक्ष सोरेन र आम आदमी पार्टी (आप) प्रमुख केजरीवालका लागि मञ्चमा कुर्सीहरू खाली राखिएको थियो। र्‍यालीमा हेमन्त सोरेनकी श्रीमती कल्पना सोरेन र अरविन्द केजरीवालकी श्रीमती सुनिता केजरीवाल स्टेजमा बसिरहेकी थिइन्। र्‍यालीमा उपस्थित मानिसहरूले ‘जेलको ताला फुट्छ, हेमन्त सोरेन रिहा हुन्छजस्ता नारा लगाएका थिए। झारखण्डको राजधानी राँचीको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा भए पनि चर्को गर्मीको सामना गर्दै उलगुलान न्याय महार्‍यालीका लागि कार्यकर्ताहरू भेला भएका थिए। कल्पना र सुनिताका बाहेक जेएमएमका अध्यक्ष शिबु सोरेन, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान, नेशनल कन्फ्रेन्सका अध्यक्ष फारुक अब्दुल्ला, राष्ट्रिय जनता दल (आरजेडी) नेता तथा बिहारका पूर्व उपमुख्यमन्त्री तेजस्वी यादव, समाजवादी पार्टी (एसपी) प्रमुख अखिलेश यादव र र्‍यालीमा अन्य नेताहरुको सहभागिता रहेको थियो। राँचीको प्रभात तारा मैदानमा भएको र्‍यालीमा २८ राजनीतिक दलको सहभागिता रहेको थियो। जुलुसलाई मध्यनजर गर्दै राजधानीमा थप सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था बढाइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *