इनभिजिबिलिटी शिल्ड मान्छे अदृश्य हुने उपकरण

Invisibility-Shield

लण्डनस्थित इनभिजिबिलिटी शिल्ड (अदृश्यता शिल्ड)  कम्पनीको टोलीले मानिस अदृश्य हुने प्रविधि बनाएको छ। यो प्रविधि विकास गर्न चार वर्ष लागेको थियो। यो एक प्रकारको शिल्ड हो जसको पछाडि गएपछि मानिस अदृश्य हुन्छ। इनभिजिबिलिटी शिल्ड डिजाइनर ट्रिस्टन थम्पसनले भने, ‘सम्भावनाहरू अनन्त छन् तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि यी शिल्डहरू धेरै रमाइलो छन्। एउटा शिल्ड जुन तपाईं आफ्नो काँधमा झुन्ड्याउन सक्नुहुन्छ, र कसैले तपाईंलाई देख्न सक्दैन। दुई वर्षअघि कसैले पनि यस्तो गर्नसक्छ भन्ने सोचेका थिएनन्। तर हामीले गर्‍यौं।’ शिल्डको सतहमा अल्ट्रा लार्ज प्रिसिजन लेन्स एरे भएका कारण यसले काम गर्छ। यसले शिल्ड पछाडि उभिएको व्यक्तिको परावर्तन हटाउँछ। सरल भाषामा बुझ्दा हामी कुनै चीज वा व्यक्तिको शरीर त्यतिबेला देख्न सक्छौं जब त्यसमा प्रकाश परावर्तित हुन्छ र हाम्रो आँखामा आउँछ। यस इनभिजिबिलिटी शिल्डले यो परावर्तन हटाउने काम गर्दछ जसको कारण अगाडिको व्यक्तिले केहि देख्न सक्दैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement