कतारका अमिर पहिलोपल्ट नेपाल आउँदै, श्रम सम्झौता उच्च प्राथमिकतामा

Qtar-Ameer

काठमाडौं: कतारका अमिर शेख तमिम बिन हमादअलथानीपहिलोपल्ट नेपालको औपचारिक भ्रमणमाआउनलागेका छन्। उनी पर्सि मंगलबार दुई दिनेभ्रमणमा आउन लागेका हुन्। अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। आजदेखि एसियाली मुलुकको औपचारिक भ्रमणमा निस्किएका अमिर फिलिपिन्स, र बंगलादेशको भ्रमण सकेर मंगलबार काठमाडौं आउने कार्यक्रम तय भएको विदेश मन्त्रालयले जनाएको छ। काठमाडौं स्थित कतारका राजदूत मिसाल बिन मोहम्मद अलअन्सारीका अनुसार, अमिर अलथानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्ने तय भएको छ। काठमाडौंमा रहँदा नेपाल र कतारबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बुझिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *