कोचबिहार: तुफानगञ्जकी एक महिलाका डेढ वर्षीय बालक गत शुक्रबार आमाको काखबाट रायढाक खोलामा खसेका थिए। आमाको काखबाट खोलामा खसेपछि बालकको खोजी शुरु गरिएको थियो। तर उनी फेला परेनन्। तुफानगञ्ज ब्लक विपद् व्यवस्थापनको पहलमा सिभिल डिफेन्सका कर्मचारीले नदीमा उद्धार कार्य थाले। दिनभर स्पीड बोर्ड लगाएर उद्धार कार्य चलाउँदा पनि जीवनदास नाम गरेको १ वर्ष ४ महिनाको बालक फेला परेन।

आज बिहान स्थानीयवासीले रायढाक खोलामा बालकको लाश तैरिरहेको देखेपछि पुलिस प्रशासनलाई खबर गरे। तुफानगञ्ज पुलिसको निगरानीमा बालकको शव खोलाबाट निकालि परीक्षणका लागि पठाइएको छ।