कारको ठक्करबाट बिर्तामोडमा  बालकको ज्यान गयो

IMG-20240421-WA0002

झापा(नेपाल): झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ। गएराति १०:३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.– १००१-००२ च १९० नम्बरको कारले पैदलयात्री मेचीनगर नगरपालिका वडा नं. १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई धक्का दिएको थियो। टाउको र दुवै हात खुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा न०. १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका पुलिस कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *