सिँचाइमा वैकल्पिक ऊर्जा लक्षित काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन हुने

IMG-20240421-WA0004

झापा, (नेपाल): l नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि भूमिमा दिगो सिँचाइ प्रवर्धन गर्ने उद्देश्यले काठमाडौँमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सम्मेलन हुने भएको छ। वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रसँगको सहकार्यमा अप्रेल २२-२६ (वैशाख १० गतेदेखि १४ गते)सम्म सो सम्मेलन गर्न लागेको हो। केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालका अनुसार, सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असर न्यूनीकरण गर्ने तथा उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने रहेको छ। सम्मेलनका सन्दर्भमा जानकारी दिन  आयोजित पत्रकार सम्मेलनमा ढकालले भने, ‘जलवायु परिवर्तनबाट जोगिन विश्वले कस्ता खालका उपाय अपनाइरहेको छ भन्ने विषय पनि हामीले जान्न पाउँछौँ। हामीले गर्दै आएका अभ्यास पनि देखाउने छौँ।‘ उनका अनुसार केन्द्रले तीन हजार ३४२ वटा सौर्य पम्पिङ आयोजनालाई अनुदान उपलब्ध गराइसकेको छ। 

कार्यक्रममा इमीकी नेपाल प्रतिनिधि डा‌. मनोहरा खड्काले सौर्य सिँचाइ पम्पिङलाई देशभर नै विस्तार गर्ने उद्देश्यका साथ यो सम्मेलन गर्न लागिएको जानकारी दिए। नवीकरणीय ऊर्जामार्फत सिँचाइ विस्तार गरी खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सम्मेलन गर्न लागिको उनको भनाइ थियो। नेपालको खास गरी तराई क्षेत्रमा सिँचाइ प्रयोजनामा अधिकांश सिँचाइ पम्पहरू डिजेलबाट सञ्चालन भइरहेको र डिजल खपत प्रतिस्थापन र वातावरणीय संरक्षणका हिसाबले नवीकरणीय ऊर्जा प्रयोगमा ध्यान दिनुपर्ने पत्रकार सम्मेलनमा जानकारी गराइयो। पाँच दिनसम्म हुने सम्मेलनमा ३० देशका १५० भन्दा बढी प्रतिनिधिको उपस्थिति हुने केन्द्रले जनाएको छ। अप्रेल २२ (वैशाख १० गते) ‘सौर्य सिँचाइसम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद,’ अप्रेल २३ (११ गते) ‘हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमूलक उपयोग वृद्धि’ तथा  अप्रेल २४-२६ (वैशाख १२ देखि १४ गते)सम्म ‘समावेशी सौर्य सिँचाइ प्रणालीसम्बन्धी नीति’ का विषयमा छलफल हुने बताइएको छ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *