बूढानीलकण्ठलाई विश्वसम्पदामा सूचीकृत गर्न जोडदार माग

IMG-20240421-WA0005

झापा, (नेपाल): सांस्कृतिक महत्व राख्ने बागमती प्रदेश अन्तर्गतको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेशको प्रयास गर्न जोड दिइएको छ। कपन साहित्य समाज, बूढानीलकण्ठ-१० (कसास) ले  आयोजना गरेको ‘नव वर्ष २०८१ को शुभकामना आदानप्रदान एवम् कविता भित्तेपात्रो लोकार्पण समारोह’मा साहित्यकारलगायत सबै संस्कृतिकर्मी र नगरपालिकालगायत संघसंस्थालाई सो ऐतिहासिकस्थलको अध्ययन-अनुसन्धान गरी विस्तृत दस्तावेज तयार पारेर सम्पदा सूचीमा समावेशको प्रयास थाल्न अनुरोध गरेको  छ। 

सो अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख  मिठाराम अधिकारीले साहित्यिक–सांस्कृतिकलगायत अन्य रचनात्मक क्रियाकलाप निरन्तररुपमा आयोजना गर्न आग्रह गरे। साहित्यकार प्रा.शैलेन्दुप्रकाश नेपालले छोटा भए पनि जीवन र जगतका भोगाइ सटिकरुपमा भित्तेपात्रामा समेटिएको बताए। साहित्यकार श्यामप्रसाद रिमालले हिरण्यकशिपुलाई वधपछि नृसिंह अवतारका भगवान विष्णुले शीतलता प्राप्त गर्न आएको ‘मृगेन्द्र शिखर’ भनिने लिच्छविपूर्वको बस्ती बूढानीलकण्ठ, शिवपुरी क्षेत्रका सबै पक्षका बिषयमा अन्तर्राष्ट्रिय जगतमा परिचित गराउनुपर्ने बताए। कसासका अध्यक्ष गणेशकुमार मिश्र, उपाध्यक्ष डा.विष्णु केसी र महासचिव लक्ष्मण अधिकारीले आगामी दिनमा संस्थालाई अझ क्रियाशील बनाएर राष्ट्रियरुपमा स्थापित गराइने प्रतिबद्धता व्यक्त गरेका छन्। कसासका उपाध्यक्ष डा. केसी संयोजक तथा सचिव त्रिलोचन आचार्य र सदस्य होमशंकर बास्तोला रहेको प्रकाशन समितिको संयोजनमा प्रकाशित ‘कसास कविता क्यालेन्डर-२०८१’ मा गद्यपद्य कविता, गीत, गजल, मुक्तक, हाइकु र साइनो गरी साना छोटा ६८ रचना छन्।संस्थाले हालसम्म ‘कपन दर्पण’ का ‘स्मारिका-२०५८’, ‘कविता विशेषांक-२०६२’, ‘पूर्णप्रकाश नेपाल यात्री स्मृति अङ्क-२०७२’ र ‘कविता विशेषांक -२०६२’ प्रकाशन गरिसकेको छ। कपनमा साहित्यिक गतिविधि बढाउन पूर्णप्रकाश यात्री, घटराज भट्टराईलगायत स्थापित साहित्यकारको उल्लेखनीय योगदान छ। 

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *