युद्धग्रस्त देशहरुलाई सहायता गर्ने प्रस्ताव अमेरिकी संसदद्वारा पारित, युक्रेनलाई ६१ बिलियन सहयोग

ukraine

युद्धग्रस्त देशहरूलाई सहायता प्रदान गर्नेसम्बन्धी प्रस्ताव अमेरिकी संसदद्वारा  पारित भएको छ। अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले युक्रेन, इजरायल र अन्य युद्धग्रस्त देशहरूका लागि सहायता प्याकेजसम्बन्धी प्रस्ताव अनुमोदन गरेको हो। संसदले युक्रेनलाई ६१ बिलियन डलरको सहायता प्याकेज अनुमोदन गरेको छ। त्यस्तै, संसदले इजरायल र अन्य देशहरूका लागि समेत सहायता प्याकेज पारित गरेको समाचार संस्थाहरूले जनाएका छन्। राष्ट्रपति जो बाइडेनले सार्वजनिक अपिल गरेको दुई दिनपछि अमेरिकी संसदको तल्लो सदनले मानवीय सहायता प्याकेज पारित गरेको हो। सदनले युद्धग्रस्त गाजा र इजरायलका मानिसहरूलाई सहयोग गर्न २६ अर्ब डलरको प्याकेज स्वीकृत गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *