सिक्किम दार्जिलिङ एकीकरणको मुद्दालाई लिएर चुनावमा उत्रेका गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रीन चुनाव प्रचार गर्दै खरसाङमा

IMG-20240421-WA0201.jpg

खरसाङ: सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा लिएर यसपालीको लोकसभा चुनावमा दार्जीलिङ संसदीय सिटबाट गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रिनको समर्थनमा आज खरसाङमा क्षेत्रमा चुनाव प्रचार गरेका छन्। खरसाङको विभिन्न क्षेत्रहरूमा पार्टीको प्रतिनिधिहरूले गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रीनको समर्थनमा पर्चा वितरण साथै पोस्टरिङ गरिएको छ। गोर्खा राष्ट्रिय कांग्रेसले चुनाव प्रचार गर्दै खरसाङ बजारबाट पंखाबारी, लङ्भ्यु हुँदै दुधे भएर मिरीकतर्फ लागेका छन्। प्रार्थी सुवोध पाख्रीनको समर्थनमा पर्चा वितरण साथै पोस्टरिङ कार्यमा गोर्खा राष्ट्रिय कांग्रेसको महासचिव अमर लक्सम, सचिवहरू निमा लामा, ध्रुव देवान, रबिन्द्र राई र अन्यहरू उपस्थित रहेका थिए। खरसाङ बजारमा सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा र यसको महत्व विषयमा स्थानीयहरूलाई बुझाउँदै पर्चा वितरण कार्यपछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रीनले बंगालबाट अलग हुने एक मात्र विकल्प सिक्किम दार्जिलिङ एकीकरण रहेको र यो सम्भव पनि छ भनी बताएका छन्। उनले बंगालबाट अलग भएर भएनौं भने हामी विस्तारै डुब्दै डिब्दै गएर जंगल पसेर विलुप्त भएर जाने सम्भावना रहने बताएका छन्। उनले हामी बसेको भूभाग सिक्किमको हो भन्दै यो भूमि सिक्किमले गुमाएको भूभाग दार्जिलिङ हो र नै सिक्किम दार्जिलिङ एकीकरण महत्वपूर्ण छ भनी बताउँदै आएको जनाएका छन्। गोर्खा राष्ट्रिय कांग्रेसको प्रार्थी सुवोध पाख्रीनले पत्रकारहरूसित कुराकानी गर्दै भने, ‘अब्जब एक्ट कानुन अनुसार यो भूमि बंगाललाई केवल चलाउनु मात्र दिएको हो तर ५ जनवरी २०१८ मा नै रद्द भएको र अब यो भूमि कता जाने भन्दा सिक्किममा जानुपर्छ।’

पाख्रीनले पहाड़मा यसपालीको लोकसभा चुनाव लड्ने अन्यकोमा आफ्नै ठोस कुनै मुद्दा नै छैन अनि छ भने केवल आश्वासन र सहुलियत मात्र छ। हाम्रोमा मुद्दा छ र त्यो सही मुद्दा हो सिक्किम दार्जिलिङ एकीकरणको मुद्दा।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *