ला लीगाः सीजनको अन्तिम म्याच ड्र गऱ्यो रियलले, मार्सेलोलाई भव्य बिदाई

photocollage_2022521154949883.jpg

२१ मईः सीजनको अन्तिम म्याचमा शक्तिशाली टीमको साथ मैदानमा ओर्लिए पनि रियल म्याड्रिडले जीत हासिल गर्न सकेन। स्पेनिश ला लीगा फूटबलको जारी सीजनमा अन्तिम म्याच खेल्न ओर्लिने च्याम्पियन रियल म्याड्रिडलाई रियल बेटिसले गोलरहित (०-०) ड्र-मा रोक्यो। आउँदो हप्ता लिभरपूल विरुद्ध खेलिने च्याम्पियन्स लीगको फाइनल अघि यस ड्र-ले रियल म्याड्रिडको आत्मविश्वासलाई सामान्य धक्का चाहिँ अवश्यै लाग्नेछ। लीग खिताब अगावै जिते पनि सकारात्मक परिणामको साथ ला लीगा सीजनको अन्त गर्ने लक्ष्य लिएर मैदानमा ओर्लिने कार्लो एन्सेलोट्टीको टीमले जीत हासिल गर्न सकेन। यो म्याच ला लीगाको यस सीजनमा रियलको अन्तिम म्याच भन्दा पनि दिग्गज डिफेण्डर मार्सेलो र विंगर ग्यारेथ बेलको क्लबबाट अन्तिम म्याचको रूपमा यादगार रह्यो। यी दुईमा मार्सेलो मैदानमा ओर्लिए पनि बेलले म्याचमा हिस्सा लिएनन्। यी दुईको क्लबसँग अनुबन्ध चाँड़ै समाप्त हुनेछ अनि दुवैले क्लब छोड़ेर अन्यत्र जाने तय छ। सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा ओर्लिँदा रियलको होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा उपस्थित दर्शकहरूले उभिएर मार्सेलोलाई अभिवादन जनाए। रियलका प्रशिक्षक एन्सेलोट्टीले पनि मार्सेलोको प्रशंसा गर्दै भने, फूटबलका अन्यतम् महान खेलाड़ीले बिदा लिइरहेका छन्। मार्सेलो मैले देखेको सर्वश्रेष्ठ फूल ब्याकहरूमा एक हुन्। यसरी नै गत केही समयदेखि ढाड़को चोटसँग जुझिरहेका बेलले चाहिँ मार्सेलोले जस्तो फेयरवेल पाएनन्। म्याचमा रियलले ५३ प्रतिशत पोजेशनको साथ खेले पनि गोल गर्न सकेन। यस ड्र पछि ला लीगा च्याम्पियन रियलले ३८ वटा म्याचमा ८६ पोइण्टको साथ शीर्षमा रहेर घरेलु सीजनको समापन गऱ्यो। यसरी नै रियल बेटिल ६५ पोइण्टको साथ पाँचौं स्थानमा रह्यो। ला लीगाको अन्य एउटा म्याचमा लेवान्तेले रायो भालेकोनालाई ४-२-ले पराजित गऱ्यो। विजेता टीमबाट गोञ्जालो मेलेरोले २ गोल गरे। म्याच हारे पनि रियो भालेकानोले ४२ पोइण्टको साथ १२औं स्थानमा रहेर ला लीगा सीजनको समापन गऱ्यो। यसरी नै लेवान्ते ३५ पोइण्टको साथ १९औं स्थानमा रह्यो।

About Author

Advertisement