डुङ्गा नदीमा डूब्दा ५८ जनाको मृत्यु

684516578.jpg

बंगुई(मध्य अफ्रीका): मध्य अफ्रीकी गणराज्यमा यात्रीहरू लिएर गइरहेको डुङ्गा नदीमा डूब्दा ५८ जनाको मृत्यु भएको छ। डुङ्गामा क्षमताभन्दा धेरै मानिसहरू यात्रा गरिरहेको हुॅंदा दुर्घटना भएको बताइएको छ।

प्रत्यक्षदर्शीहरूले भनेआनसार, ३०० जनालाई लिएर डुङ्गा राजधानी बंगुई भएर बग्ने मपोको नदी पार गरिरहेको थियो, त्यही समय दुर्घटना भयो। स्थानीय डुङ्गा चालक र माछा समात्ने मान्छेहरूले सबैभन्दा पहिला बचाउ अभियान शुरू गरे।

बचाउ अभियानमा सामेल एड्रियन मोसामोले भने, सैन्यकर्मीहरू पुग्दासम्म ५८ जनाको शव निकालिएको थियो। बंगुई विश्वविद्यालय अस्पतालका एक अधिकारीले भने, बचाउ अभियान चलिरहेको छ र मृतकहरूको संख्या बढ्न सक्छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *