हसनाबाद स्टेशन नजिकैको बस्तीमा आगलागी हुँदा दाेकान सहित चार घर जलेर नष्ट

IMG-20240421-WA0185.jpg

कोलकाता: उत्तर २४ परगना जिल्लाको हसनाबाद उपविभागको हसनाबाद स्टेशन नजिकैको बस्तीमा आगलागी हुँदा दाेकान सहित चार घर जलेर नष्ट भएका छन्। हसनाबाद स्टेशन नजिकैको बस्तीमा आइतबार राति आगलागी भएको हो। केही समयमै आगलागी बस्तीमा फैलिँदा चार घर र एउटा दाेकान जलेर नष्ट भएको छ। दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएकाे छ।

अग्नि नियन्त्रकहरुले आगलागीको वास्तविक कारण अहिलेसम्म पत्ता लगाउन सकेको छैन। ग्यास सिलिन्डर पड्किएपछि आगो सुरु भई तिब्र गतिमा फैलिएको स्थानीय बासिन्दाले बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *