राजस्थानको झालावार जिल्लामा आज बिहान ट्रकसँग भ्यान ठोक्किँदा विवाहबाट फर्केका नौ जनाको मृत्यु भएको छ। दुर्घटना एकलेरा गाउँ नजिकै बिहान २-४५ बजे भएको थियो। भोपालको डुङ्गरी गाउँमा विवाहबाट फर्कँदै गर्दा दुर्घटना भएको झालावारका पुलिस उपरीक्षक ऋचा तोमरले जानकारी दिएकी छन्। दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य सात जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको समाचार। दुर्घटनामा एक जना गम्भीर घाइते भएकालाई झालावारको सरकारी अस्पतालमा भर्ना गरिएको पुलिसले जनाएको छ।