आज अमित शाह र राजनाथ सिंहले राजु बिष्टको समर्थनमा जनसभा गर्दै

IMG-20240421-WA0146

दार्जीलिङ: लोकसभा चुनावको दोस्रो चरण २६ अप्रेलमा हुँदैछl यसअघि सबै दलले प्रचारप्रसार अभियान तेज गतिमा चलाइरहेका छन्। भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री राजनाथ सिंहले आइतबार दार्जीलिङ लोकसभाका भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा जनसभा गर्नेभएका छन्। जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ। केन्द्रीय मन्त्री राजनाथ सिंहबाहेक आज केन्द्रीय गृहमन्त्री अमित शाहले पनि दार्जीलिङमा चुनावी र्‍यालीलाई सम्बोधन गर्नेछन्। दोस्रो चरणको निर्वाचनमा बंगालको दार्जीलिङ, रायगञ्ज र बालुरघाटमा २६ अप्रिलमा मतदान हुँदैछ। भाजपाका  प्रदेश अध्यक्ष सुकान्त मजुमदारले दिएको जानकारी अनुसार केन्द्रीय मन्त्री अमित शाहले आइतबार दार्जीलिङबाट भाजपा उम्मेदवार राजु बिष्टको समर्थनमा जनसभा गर्नेछन्। यसअघि उनले १० अप्रेलमा राज्य भाजपा अध्यक्ष सुकान्त मजुमदारको समर्थनमा बालुरघाटमा भेलालाई सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *