बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा बने सेभसोल लुब्रिकेन्ट्सको ब्राण्ड एम्बासेडर

IMG-20240420-WA0170

कोलकाता: ‘सेभसोल लुब्रिकेन्ट्स’ अटोमोटिभ र औद्योगिक जगतको एक प्रसिद्ध कम्पनीले बुधबार आफ्नो लुब्रिकेन्ट दायरा- सेभसोल एस्टर फाइभ लन्च गर्ने घोषणा गरेको एक प्रेस विज्ञप्तिमा बताएको  छ। यो दायरा अत्याधुनिक प्रविधिका साथ लन्च गरिएको हो, जसले लुब्रिकेन्ट बजारमा नयाँ रूपान्तरण ल्याउने विज्ञप्तिमा बताएको छ। योसँगै सावसोल लुब्रिकेन्ट्सले बलिउड युवा आइकन सिद्धार्थ मल्होत्रालाई ब्राण्ड एम्बेसडरको रुपमा अनुबन्ध गरेको छ। कम्पनीले आफ्नो ब्राण्डको दृश्यता र पहुँच बढाउन र उपभोक्ताहरूसँग बलियो सम्बन्ध निर्माण गर्ने लक्ष्य राखेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सविता आयल टेक्नोलोजी लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक गौतम एन मेहराले भने, ‘हामी हाम्रो एस्टर फ्लुइड टेक्नोलोजीलाई एस्टर उत्पादनहरूको शृङ्खलाका साथ लन्च गर्न पाउँदा अत्यन्तै खुशी छौं जसले लुब्रिकेन्ट क्षेत्रमा नयाँ मापदण्डहरू स्थापित गर्नेछ। सिद्धार्थ मल्होत्रासँग सहकार्य गरेर हामी उत्कृष्टताका नयाँ उचाइहरू छुन्नेछौं।‘ सविता आयल टेक्नोलोजी लिमिटेडका कार्यकारी निर्देशक सिद्धार्थ जी मेहराले भने, ‘हामी सधैं केही नयाँ गर्नमा विश्वास गर्छौं हाम्रा ग्राहकहरूको विकसित आवश्यकताहरू पूरा गर्ने असाधारण उत्पादनहरू डेलिभर गर्न डिजाइन गरिएको पाँच एस्टरहरू समावेश गर्ने लुब्रिकेन्टहरूको श्रृंखला रहेको छ।‘ आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त भएका अभिनेता सिद्धार्थ मल्होत्राले भने, ‘म सेभसोल लुब्रिकेन्ट्ससँग आबद्ध हुन पाउँदा र उपभोक्ताहरूलाई विशेष अटोमोटिभ ड्राइभिङ अनुभव प्रदान गर्न पाउँदा खुशी छु। म सेभसोल जस्तै एक नवीन ब्राण्डसँग यो यात्रा शुरु गर्न उत्साहित छु।‘ प्रसिद्ध बलिउड अभिनेतासँग साझेदारी सेभसोलको नवीनता र अग्रगामी सोचको प्रतिबिम्बित गर्ने विज्ञप्तिमा बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *