धोनीको रेकर्डलाई तोड़े राहुलले

IMG-20240420-WA0223.jpg

लखनऊ: ढिलै भए पनि फर्ममा आउने लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुलले चेन्नई सुपर किंग्सका दिग्गज महेन्द्र सिंह धोनीको रेकर्ड तोड़ेर इण्डियन प्रीमियर लीग (आईपीएल)-को इतिहासमा विकेटकीपरको रूपमा सर्वाधिकपल्ट अर्द्धशतक बनाउने खेलाड़ीको तक्मा हासिल गरेका छन्। राहुलले शुक्रवार राति सीएसके विरुद्ध ८२ रन बनाएका थिए। यो नामित विकेटकीपरको रूपमा राहुलको आईपीएलमा २५औं अर्द्धशतक हो। धोनीको नाममा आईपीएलमा २४ वटा अर्द्धशतक रहेको छ। यस सूचीमा क्विण्टन डी कक तेस्रो स्थानमा रहेका छन्, जसले आईपीएलमा २३ पल्ट पचास या त्यसभन्दा अधिकको स्कोर बनाएका छन्। रोयल च्यालेञ्जर्स बेंगलुरुका दिनेश कार्तिक (२१) चौथो र रबिन उथप्पा (१८) पाँचौं स्थानमा रहेका छन्। सीएसके विरुद्ध म्याच अघि राहुलले ६ वटा म्याचमा ३४-को औसतले केवल २०४ रन बनाएका थिए। कप्तान राहुलले खराब प्रदर्शनले उनको टीम एलएसजी-को चिन्ता बढ़ाएको थियो। चेन्नई विरुद्ध म्याचको साथ लय हासिल गरेर राहुलले आफ्ना प्रशंसकहरूका मुहारमा मुस्कान फर्काएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *