धीमा ओवर रेटले गर्दा दुवै कप्तानलाई शास्ती

IMG-20240420-WA0220.jpg

लखनऊ: लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुल र चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड़माधि जरिमाना लगाइएको छ कारण यी दुवै टीमले इकाना क्रिकेट स्टेडियममा शुक्रवार खेलिएको म्याचको अवधि आईपीएल आचार संहिताको उल्लंघन गरेका थिए। म्याचमा धीमा ओभर रेटले गर्दा यी दुवै कप्तानमाथि १२-१२ लाख रुपियाँको जरिमाना लगाइयो। आईपीएलले एउटा आधिकारिक बयानमा बताएअनुसार, दुवै टीमले आईपीएलको आचार संहिताको उल्लंघन गरेको छ, जुन न्यूनतम ओभर रेट अपराधहरूसँग सम्बन्धित छ। बयानमा भनिएको छ, चेन्नई सुपर किंग्सका कप्तान रुतुराज गायकवाड़ र लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुलले म्याचको अवधि धीमा ओभर रेटसँग सम्बन्धित नियमहरूको उल्लंघन गरेका छन्। आईपीएलको जारी सीजनमा यो यी दुवैको पहिलो अपराध भएको हुनाले यी दुईजना कप्तानमाथि १२-१२ लाख रुपियाँको जरिमाना लगाइएको छ। यस्तो गल्ती फेरि दोहोरिए कप्तानमाथि दोब्बर जरिमानाको साथ निलम्बनको पनि खतरा रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *