टी२० वर्ल्ड कपको निम्ति आफूलाई शत प्रतिशत तयार बताए विकेटकीपर कार्तिकले

IMG-20240420-WA0219.jpg

काेलकत्ता: आईपीएल २०२४-मा विध्वंशी फर्ममा रहने अनुभवी विकेटकीपर ब्याटर दिनेश कार्तिकले फेरि राष्ट्रिय टीमको जर्सी लगाएर मैदानमा ओर्लिने सपना त्यागेका छैनन् अनि टी२० वर्ल्ड कपको निम्ति टीममा स्थान बनाउन आफ्नो सर्वश्रेष्ठ प्रयास गर्न तयार छन्। अमेरिका र वेष्ट इण्डिजको संयुक्त आयोजनमा आउँदो १ जूनदेखि शुरु हुने टी२० वर्ल्ड कपसम्म कार्तिक ३९ सालका हुनेछन्। उनले २०२२-मा अष्ट्रेलियामा भएको टी२० वर्ल्ड कपको गत संस्करणमा हिस्सा लिएका थिए, जुन भारतीय टीमको निम्ति उनको अन्तिम टुर्नामेण्ट थियो। आईपीएलको यस सीजनमा मैदानमा फर्किएर उनले असाधारण प्रदर्शन गरेका छन् अनि अहिले २०५ भन्दा अधिकको स्ट्राईक रेटले रन बनाइरहेका छन्। रोयल च्यालेञ्जर्स बेंगलुरुबाट उनले विराट कोहली (३१६) र कप्तान फाफ डू प्लेसिस (२३२) पछि तेस्रो सर्वाधिक २२६ रन बनाएका छन्। केकेआर विरुद्ध आइतवार खेलिने म्याच अघि कार्तिकले भने, जीवनको यस मोड़मा मेरो निम्ति भारतको प्रतिनिधित्व गर्नु असाधारण अनुभव हुनेछ। यस टी२० वर्ल्ड कपमा भारतको प्रतिनिधित्व गर्नु मेरो जीवनको ठूलो उपलब्धि हुनेछ। आईपीएलमा कार्तिकको साथमा रिषभ पन्तले दिल्ली क्यापिटल्सबाट, सञ्जु सेमसनले राजस्थान रोयल्स, ईशान किशनले मुम्बई इण्डियन्स र केएल राहुलले लखनऊ सुपर जाइण्ट्सबाट असल प्रदर्शन गरिरहेका छन्। टीममा स्थान पाउने होड़बारे कार्तिकले भने, प्रशिक्षक राहुल द्रविड़, कप्तान रोहित शर्मा र चयन समितिले जे-जस्तै फसेला लिए पनि म सम्मान गर्नेछु। टी२० वर्ल्ड कपको निम्ति म अहिले शत प्रतिशत तयार छु। मेरो काम केवल सर्वश्रेष्ठ प्रदर्शन गर्ने हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *