कालेबुङ: आज (२० अप्रेल) भारतीय गोर्खा पूर्व सैनिक/अर्ध सैनिक संगठनको कोठे बैठक कालेबुङमा सम्पन्न भयो। यस बैठकमा सबै स्थानीय वरिष्ठ प्रतिनिधिहरुले जाति र माटोको निम्ति इमान्दारी साथै शहीदहरुलाई धोका नदिने बचन दिएको एक प्रेस विज्ञप्तिमा बीजीपीएसएसका संयोजक कर्णल (अप्रा) आर आलेले एक प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्l यस सभामा गोजमुमोबाट प्रतिनिधिहरु सोनाम याखा र श्रीमान तोप्देन भोटियाले खदा अर्पण गरि भूतपूर्व सैनिकहरुको योगदान र आफ्नो स्वाभिमानको सिद्दान्तमा अडिग रहने भन्दै सम्मान जनाएको विज्ञप्तिमा बताएका छन्। सभामा सबैले बिमल गुरुङले गोर्खा जातिको निम्ति माटो र चिन्हारीको निम्ति इमान्दारीपूर्वक आवाज उठाएको बताउँदै सराहना गरेको विज्ञप्तिमा बताइएको छ। २६ अप्रेलमा हुने लोकसभा चुनावमा भाजपाका उम्मेदवार राजु बिष्टलाई भारि मतले विजय आहवान गरिएको छ।