केदारनाथ धामको यात्रा १० मईदेखि शुरू हुने

snow_cover_on_the_pedestrian_path_of_kedarnath_due_to_snowfall_there_is_an_obstacle_in_the_prepara_1680090654.jpg

देरहादून: उत्तराखण्डमा चारधाम यात्राको उल्टो गनणा शुरू भएको छ। यसलाई लिएर तयारीहरू शुरू भएको छ। यस पाली भारी संख्यामा श्रद्धालुहरू आउने सम्भावना छ। केदारनाथ धामको निम्ति श्रद्धालुहरूमा खूबै क्रेज देखिन्दैछ।

१० मईदेखि शुरू हुने यात्रामा तीर्थयात्रीहरूले केदारनाथ धामको निम्ति सबैभन्दा धेरै पञ्जीकरण गराएका छन्। केदारनाथको निम्ति अहिलेसम्म ३ लाख ५२ हजार ८७९ श्रद्धालुले आफ्नो पञ्जीकरण गराइसकेका छन्।

वस्तुतः चारधाम यात्राको निम्ति अनलाइन पञ्जीकरण अऩिवार्य छ। चारधाम यात्रा र हेमकुन्ड साहिबको निम्ति १९ अप्रेल साझँ ६ बजीसम्म कूल १०६६१५७ पञ्जीकरण भएको छ। चारधाम र हेमकुन्ड साहिबको निम्ति १५९०५४ तीर्थयात्रीले दिनहुँ पञ्जीकरण गराइरहेका छऩ्। अनलाइन पञ्जीकरण १५ अप्रेल बिहान ७ बजीदेखि शुरु गरिएको थियो।

चारधाम यात्रा पञ्जीकरणमा यमुनोत्रीको निम्ति १९३९९८, गंगोत्रीको निम्ति २००९९६, केदारनाथको निम्ति ३५१८७९, बद्रीनाथको निम्ति ३०४२४३ र हेमकुण्ड साहिबको निम्ति १४०४१ पञ्जीकरण भएको छ। अहिलेसम्म भएको पञ्जीकरणमा टूरिजम केयर उत्तराखण्ड मोबाइल ऐपबाट १३७६४९ एवं registrationandtouristcare.uk.gov.in वेबपोर्टलबाट ८३२७०५ भने व्हाट्सएपबाट ९५८०३ पञ्जीकरण भएको छ। पञ्जीकरणको निम्ति यो विकल्प तीर्थयात्रीहरूका लागि धेरै सजिलो छ।

उत्तराखण्डमा १० मईदेखि चारधाम यात्रा शुरू भइरहेछ। १० मईमा बाबा केदारनाथ धामको कपाट श्रद्धालुहरूका खोलिनेछ। अक्षय तृतीयमा १० मईमै माँ गंगोत्री र यमुनोत्री धामको कपाट पनि खोलिनेछ। जबकि भगवान बद्रीनाथ धामको कपाट १२ मईमा खोलिनेछ। यात्राको निम्ति सरकारी स्तरमा सबै तयारीहरूलाई अन्तिम रूप दिँदैछ। हेमकुन्ड साहिबको यात्रा २५ मईदेखि शुरू हुनेछ।

चारधाम यात्राको निम्ति टोल फ्री नम्बरबाट पनि पञ्जीकरणको सुविधा चारधाम यात्रा शुरू हुनुभन्दा २५ दिनअघि शुरू गरिएको छ। पञ्जीकरणको निम्ति नाम, मोबाइल नम्बरको साथ यात्रा गर्ने सदस्यहरूको विवरण, निवास स्थानको ठेगाको निम्ति आईडी दिनु आवश्यक छ। पञ्जीकरणको निम्ति पर्यटन विभागको वेबसाइट registrationandtouristcare.uk.gov.in मा लगइन गर्नपर्नेछ।

व्हाट्स एप नम्बर: ८३९४८३३८३३ मा यात्रा (yatra) लेखेर मेसेज गरेरपनि मैसेज करके भी पञ्जीकरण गराउन मिल्नेछ। जुन यात्रीले वेबसाइटमा पञ्जीकरण गराउन सक्दैन, उसको निम्ति पर्यटन विभागले टोल फ्री नम्बर: ०१३५-१३६४ जारी गरेको छ। यस नम्बरमा कल गर्दा पञ्जीकरणको सुविधा दिइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *