पुरन मगरले निजी प्रयासमा १८ वटा कूँढादानी लगाए

IMG-20240420-WA0200

कालेबुङ: पुरण मगरले निजी प्रयासमा १८ वटा कूँढादानी लगाएका छन्। एकापट्टि स्वच्छ भारत अभियान नारा लछ्याप्रै छाइरहेको समय अर्कोपटि आफ्नै प्रयासमा पुरनको व्यावहारिक कार्यले जो कोहीलाई पनि प्रेरित गर्छ। कुनै पनि व्यक्ति कालेबुङ जिल्लाको गोरुबथान घुम्न गए उनको कोशिशको उदाहरण प्रत्यक्ष देखिन्छ। कालेबुङ जिल्लाको सबै भन्दा बृहत खण्ड अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन क्षेत्रको पनि सबैभन्दा वृहत समष्टि हो ४३ गोरुबथान।  गोरुबथानको खण्ड मुख्यालय रहेको मालबस्ती क्षेत्रमा उनले उक्त कुँढादानी लगाएका हुन्। गोरुबथानको मूल बजार  सोमबार बजार नजिक धर्मशालादेखि गोरुबथान खण्ड विकास कार्यालय, युद्धबीर स्कूल हुँदै युसीएनआइ गिर्जाघरसम्मको मूल सडकमा अहिलेसम्म कूल १८- वटा कुँडादानी लगाएर आफ्नो घर मात्र होइन तर गाउँ-घर पनि सफा राख्नुपर्छ भन्ने परोक्ष सन्देश दिएका छन्। मुल बाटोको दुवै तर्फ १८- वटा कुँढादानी  प्रत्येक १० मिटरको दूरीमा लगाएको छ। सबै बाटो हिँड्ने नानीहरू,  महानुभाव वर्गलाई यही कुँढादानीको प्रयोग गरिदिने अनुरोध  मगरले गरेका छन्।  यसका साथै उनले गाउँले दाज्यूभाई, दिदीबहिनीहरू सबैलाई घरको फोहोर मैला उक्त कुँढादानीमा नहाली दिने अपील पनि गर्दै आफ्नो घरको फोहोर – मैला प्रत्येक मंगलबार र शुक्रबार मैला उठाउने गाडीमा हाली दिने अनुरोध गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *