दार्जीलिङ: भाजपा सरकारले मन बनाएको भए गोर्खाहरूले न्याय पाईसकेको हुने थियो भनी पूर्व पार्षद केएन सुब्बाले बताएका छन्। ईण्डी गठबन्धन समर्थित कांग्रेस उम्मेद्वार डाक्टर मुनिष तामाङले पूर्व पार्षद केएन सुब्बासँग भेट गरेका छन्। यस अवधि पूर्व पार्षद केएन सुब्बाले केन्द्रको भाजपा सरकारले मन बनाएको भए गोर्खाहरूले अहिलेसम्म न्याय पाईसकेको हुने थियो भनी बताएका छन्। उनले भने, भारतीय जनता पार्टीलाई १५ वर्षसम्म समर्थन गर्दै सांसद दियौं। तर यतिका वर्षहरू बितिसक्दा पनि हामी गोर्खाहरूको लागि केही सोचि दिएनन्। केन्द्रको भाजपा सरकारको यस्तो घृणित सोच देखेर यस पटकको चुनावमा हामीले कांग्रेसलाई समर्थन गर्ने सोच बनाएका छौं। यसको मुख्य कारण कांग्रेस सरकारमा आयोस् नआयोस् तर हाम्रो मुद्वा जीवित हुन्छ कि भन्ने सोच मात्र हो। उनले अझ भने, हामीलाई माया गर्ने कोही छैन। दिल्लीमा राजीव गाँधीको सरकार रहेसम्म हामीलाई धेरै माया गरेको हो। गत २०१४ देखि केन्द्रमा भाजपाको सरकार छ, भाजपा सरकारले मन बनाएको भए गोर्खाहरूले न्याय पाईसकेको हुने थियो तर मन बनाएन। केन्द्रमा कांग्रेसको सरकार आए गोर्खाहरूले न्याय पाउँछ कि भन्ने आशा छ।त्यसकारण कांग्रेसलाई समर्थन गर्ने हामीले निर्णय लिएका हौं सुब्बाले भने।











