खरसाङ: गोर्खा जनमुक्ति मोर्चाले तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूमा पार्टीको झण्डाहरू लगाउने कार्य सम्पन्न गरेका छन्। गोजमुमोले यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई जिताउन समर्थन गरेपछि अहिले राजु विष्टको समर्थनमा गोजमुमोले प्रचार गरिरहेका छन्। यसै क्रममा गोजमुमो खरसाङ टका प्रतिनिधिहरू र तीनधारे महानदी समष्टिको प्रतिनिधिहरू मिलेर तीनधारे महानदी समष्टिको रंगटङ्गदेखि महानदीसम्म गोजमुमोको दलीय झण्डाहरू लगाएका छन्। उक्त झण्डा लगाउने कार्यमा गोजमुमो तीनधारे महानदी समष्टिको सभापति आईतमान राई, सत्यवान छेत्री, युवा मोर्चा खरसाङको सांगठनिक सचिव निश्चल पाख्रीन, मनोज थापा, पञ्चायत सदस्य योगराज प्रधान, दिप सन्यासी लगायत गोजमुमोका अन्य पदाधिकारीहरू उपस्थित रहेका थिए। गोजमुमोको दलीय झण्डा लगाउने कार्य तीनधारे महानदी समष्टिको रंगटङ्गदेखि शुरु भएर दुई नम्बर बस्ती, चुनभट्टी, तीनधारे, घैयाबारी हुँदै महानदीसम्म लगाइएको छ।

उक्त दलीय झण्डा लगाउने कार्य गोजमुमोका समर्थकहरूलाई यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीको प्रार्थी राजु विष्टलाई जिताउन आह्वान् गर्नुको साथै आफ्नो समर्थकहरूलाई हौसला प्रदान गर्नु रहेको जानकारी सत्यवान छेत्रीले दिएका छन्।










