सिंघम ३ को पोस्टर सार्वजनिक, लेडी सिंघमको भूमिकामा दीपिका

Singham-3-1

मुम्बई: रोहित शेट्टीको फिल्म सिंघम ३ अर्थात् सिंघम अगेनमा दीपिका पादुकोण शक्ति शेट्टीको भूमिकामा देखिएकी छिन्। जसमा दीपिका पादुकोण ‘सिंघम’ पोजमा बेजोडको स्टाइलमा देखिएकी छन्। यो रोहित शेट्टीको कप युनिभर्सको अर्को श्रृंखला हो जुन यस वर्ष १५ अगस्तमा रिलीज हुँदैछ। यस फिल्मको पोस्टर सेयर गर्दै राहित शेट्टीले लेखेका छन्, ‘मेरो हिरो, रिल र वास्तविक दुवैमा, लेडी सिंघम।‘ पोस्टरमा दीपिका पादुकोण अजय देवगनजस्तै सिंघम पोज दिएको देखिएकी छिन्।

यसपटक फिल्ममा अरु धेरै स्टार पनि देखिने भएका छन्। जसमा अजय देवगन, रणवीर सिंह, करीना कपूर, टाइगर श्राफ, दीपिका पादुकोण लगायतका धेरै स्टारहरुको उपस्थिति रहेको छ। रोहित शेट्टी यस वर्षको सबैभन्दा चर्चित फिल्म ‘सिंघम अगेन’ ल्याइरहेका छन्, जसको सबैले प्रतिक्षा गरिरहेका छन्। फिल्ममा अर्जुन कपुर खलनायकको भूमिकामा देखिने भएका छन्। यो फिल्म यसै वर्षको अगस्त १५ मा रिलिज हुँदैछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *