कम्युनिष्ट पार्टीहरुलाई रावलको कटाक्ष, ‘सधैं सत्ता केन्द्रित भइरहने?’

Bhim-Rawal

काठमाडौं: एमाले नेता भीमबहादुर रावलले देशका कम्युनिष्ट पार्टीहरु सत्ताकेन्द्रित मात्रै भएको टिप्पणी गरेका छन्। काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले कम्युनिष्ट पार्टीहरु सत्ताकेन्द्रित मात्रै भइरहँदा संविधानमा उल्लिखित समाजवादउन्मुख प्रणालीको रुपरेखा समेत नदिएको बताए। उनले भने,‘कतिपय कम्युनिष्ट पार्टीहरुले देशको स्वाधीनताको रक्षा गर्ने भन्ने आज के भएको छ? दुई तिहाइको सरकार बने, कम्युनिष्ट पार्टी बने, यत्रो छलफल २४औं घण्टा बाह्रैमास सत्ता सत्ता सत्ता। बुद्धचित्तको माला जस्तै त्यो बाहेक खै छलफल? समाजवादी व्यवस्था ल्याउन कुनै पहल व्यवस्था गर्न त पर जाओस्, नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख प्रणालीको रुप रेखा समेत नदिने?’ उनले राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानून बमोजिम दण्डीत गर्ने भनेको भएतापनि प्रधानमन्त्रीले त्यो कानुन किन ल्याउन नसकेको भन्दै प्रश्न गरे।

संविधान कार्यान्वयनका लागि आवश्यक कानुन नै बनाउन नसकेको र दलहरुको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको पनि उनले बताए। काम गर्न नसक्नेलाई पत्याउने आधार कमजोर बनेको उनको जिकिर छ। वर्तमान सत्ता गठबन्धनमा तीन कम्युनिष्ट पार्टीहरु छन्। माओवादी, एमाले र एकीकृत समाजवादीको गठबन्धन बनेपछि हालै कांग्रेस सत्ताबाट बाहिरिएको हो। एमालेमै फरक मतका नेता मानिने रावलले कुनै पनि दलको नाम नलिइ बामपन्थी दलहरुलाई सत्तालिप्सा नघट्दा काम गराइ इमानदार हुन नसकेको भन्दै कटाक्ष गरे। उनले भने,‘राष्ट्रिय स्वतन्त्रताको आचरण र व्यवहारमा जसले उल्लंघन गर्छ त्यसलाई संघीय कानुनबमोजिम दण्डीत गर्ने भनेको छौं। प्रधानमन्त्रीले त्यो कानून किन ल्याएको? त्यति त नगर्नेले कम्युनिष्ट पार्टीको बाटो पछ्याइरहन्छ र अनि उसले चाहिँकम्युनिष्ट विरोधीहरुसँग साँठगाँठ गर्दैन भनेर परिकल्पना गर्ने स्थिति नै बनेन।’ दलहरुले आफूलाई कम्युनिष्ट भनिरहँदा कम्युनिष्ट जसरी साख जोगाउने काम गर्न नसकेको उनले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *