शिखा च्याटर्जीले आचार संहिताको उल्लंघन आरोप

IMG-20240420-WA0168

जलपाईगढी: भाजपाकी विधायक शिखा च्याटर्जीले आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ। त्यसैले नमुना आचार संहिता (एमसीसी) अधिकारीहरूले उनलाई विभिन्न बुथहरूमा नजान आग्रह गरेका थिए। जलपाईगढी जिल्ला मजिस्ट्रेट तथा लोकसभा निर्वाचन क्षेत्रको रिटर्निङ अधिकारी शमा परवीनले शनिबार दिउँसो पत्रकारहरूसँग कुरा गर्दै यसबारेमा बताइन्। शुक्रबार चुनावको क्रममा विधायक शिखा च्याटर्जीले डबग्राम फुलबारी क्षेत्रका विभिन्न बुथहरूको भ्रमण गरेकी थिइन्। पुलिसले रोक्दा हिजो तनावपूर्ण अवस्था सिर्जना भएको थियो। भाजपाकी विधायक शिखा च्याटर्जीले पुलिससित अभद्र व्यवहार गरेको आरोप लागेको छ। यहाँ भाजपाका उम्मेदवार डा. जयन्तकुमार रायले आज फेरि सञ्चारमाध्यममार्फत यस विषयमा सरकारविरुद्ध बर्सिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement