फुलबारीमा एकै रातमा तीन घरमा चोरीको घटना

1000579021.jpg

फुलबारी: फुलबारी नम्बर २ को कञ्चनबारी क्षेत्रमा एकै रातमा तीन घरमा चोरीको घटनाले क्षेत्रमा त्रास बडेको छ। ती तीन घरबाट चोरहरूले नगद, तीन वटा मोबाइल, एउटा साइकल र पानीको पम्प लुटेर लगेको बताइएको छ। खबर पाएलगत्तै नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुगेर सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ। केही दिनअघि फुलबारी २ ग्राम पञ्चायतका कैयौँ घरमा चोरीको घटना भएको थियो। फुलबारीमा केही दिनमै दोस्रो चोरीको घटनाले स्थानीयवासी आतंकित भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *