सिलगढी: दार्जिलिङ लोकसभा क्षेत्रका तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामा चुनावी प्रचारका लागि सिलगढी अदालत पुगेका छन्। दार्जिलिङ लोकसभा चुनाव २६ अप्रिलमा हुँदैछ। अब निर्वाचन आउन केही दिन मात्रै बाँकी छ। तृणमूल कांग्रेसका उम्मेदवार गोपाल लामाले दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा प्रचारप्रसार गरेका छन्। आज उनले सिलगढी मेयर गौतम देव, उपमेयर रञ्जन सरकार र दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस महिला सभा नेता सुस्मिता बोस मित्रासँग सिलगढी बार एसोसिएसनका वकिलहरूलाई उनको समर्थनमा मतदान गर्न अपील गरे। यसका साथै गोपाल लामाले नगरका प्रतिष्ठित अधिवक्ता, सर्वसाधारण र लिपिकलाई पनि मतदान गर्न अपिल गरेका छन्।