काेचबिहार: शनिवार माथाभांगा एक नम्बर ब्लक पचागढ़ ग्राम पञ्चायकको बोडकाउडर डेरा क्षेत्रमा बाइसनको आक्रमणमा परी तीनजना महिलाहरू घाइते भएका छन्। घटनापछि घाइते महिलाहरूलाई हतार-हतार माथाभांगा महकुमा अस्पतालमा भर्ती गराइएको छ। उक्त घटनाको कारणले सम्पूर्ण क्षेत्रका मानिसहरू आतंकित भएका छन्।
स्थानीय मानिसहरूले बताए, बोडकाउर डेरा क्षेत्रमा अचानक एउटा बाइसन पस्यो। त्यसपछि एकपछि अर्को गर्दै तीनजना महिलाहरूमाथि आक्रमण गऱ्यो। यता समाचार पाएर वन विभागीय कर्मचारीहरू घटनास्थलमा आइपुगे। यो समाचार लेखुञ्जेलसम्म पनि वन विभागले बाइसनलाई आफ्नो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको थियो।
 
								



 
								

 
                     
								 
								 
															 
								 
								




