खुनको दाग लागेको एउटा सेतो पिकअप भ्यान जफत

IMG_20220805_230642.jpg

सिलगढी: सिलगढी नगरनिगमको ४६ नम्बर वार्ड अन्तर्गत पवित्र नगर इलाकास्थित मदर टेरेसा स्कुल इलाकाबाट खुनको दाग लागेको एउटा सेतो पिकअप भ्यान प्रधान नगर थाना पुलिसले जफत गरेको छ। उक्त घटनाले इलाकामा सनसनी फैलियो। प्राप्त जानकारी अनुसार पवित्र नगर इलाकामा आज बिहान स्थानीय मानिसहरूले डंब्ल्युबी ७३ जी १९२९ नम्बर भएको सेतो पिकअप भ्यानमा खुनको दाग लागेको देखेपछि पुलिसलाई यसबारे जानकारी गराए।
घटनाको खबर पाएर प्रधाननगर थाना पुलिस घटनास्थलमा पुगेर वाहनको मालिकलाई फोनमार्फत् बोलाएपछि मालिक घटनास्थलमा पुगे। पुलिसले मालिकसित सोधखोज गर्दा तिनले भने, आज बिहान फोनमार्फत् वाहनका चालकले आफूसित तुटपाटको घटना घटेकोले हाल उपचारको लागि आफू अस्पतालमा गएको जानकारी गराए। पुलिसले वाहनको मालिकसित घटनाबारे सोधखोज गरेपछि उक्त वाहन जफत गरेर थानामा लगे। स्थानीय मानिसहरूको आरोप अनुसार उक्त पिकअप भ्यान लगायत सडकमा खुनको निशान रहेको छ भने वाहनको छेउछाउमा रम-रक्सीको बोतल पनि भैट्टाइएको छ। झै-झगड़ा भएको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *