गेजिङ जिल्लाका चार निर्वाचन क्षेत्रमा लगभग ८३.२१ प्रतिशत मतदान

n601824354171361185461585baaa07bf75c266f241d9e65ea99b0f96fc42fb2be08d0371d89595e1e1835f.jpg

गेजिङ: गेजिङ जिल्लाका चार निर्वाचन क्षेत्रमा लगभग ८३.२१ प्रतिशत मतदान भएको छ। बिहान सात बजीदेखि शुरू भएको मतदान राति लगभग दश बजी शान्तिपूर्ण रूपमा सम्पन्न भयो। गेजिङ जिल्लामा सर्वाधिक मतदान योक्सम टाशीडिङ निर्वाचन क्षेत्रमा भएको छ। यहॉं ८५.३७ प्रतिशत मतदान रेकर्ड गरियो। यसरी नै मानेबुङ देन्ताम निर्वाचन क्षेत्रमा ८३.६९ प्रतिशत, याङथाङ निर्वाचन क्षेत्रमा 81.54 प्रतिशत र गेजिङ बर्मेक निर्वाचन क्षेत्रमा ८१.०९ प्रतिशत मतदान भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement