नाम्ची जिल्लामा ८१.८६ प्रतिशत मतदान

EVM-1-3

नाम्ची: नाम्ची जिल्लाको सबै सात निर्वाचन क्षेत्रमा शुक्रवार सफलतापूर्वक चुनाउ सम्पन्न भयो। यस जिल्लामा लगभग ८१.८६ प्रतिशत मतदान भएको छ। सर्वाधिक मतदान पोकलोक कामराङ निर्वाचन क्षेत्रमा रेकर्ड गरिएको छ। यस निर्वाचन क्षेत्रबाट एसडीएफ अध्यक्ष पवन चामलिङ चुनाउमा उठेका छन्।

जानकारी अनुसार, २०१९ को आम चुनाउको तुलनामा यसपाली यहॉं १.६२ प्रतिशत अधिक मतदान भएको छ। यस जिल्लामा सर्वाधिक मतदान पोकलोक कामराङ निर्वाचन क्षेत्रमा भएको छ, जहॉं मत प्रतिशत ८३.३४ रेकर्ड गरिएको छ। दोस्रो सर्वाधिक मतदान मल्ली निर्वाचन क्षेत्रमा भएको छ, जहॉं ८२.७७ प्रतिशत मतदान रेकर्ड गरिएको छ।

बर्फुङ निर्वाचन क्षेत्रमा ८२.३९ प्रतिशत मतदान भएको छ। यस निर्वाचन क्षेत्रमा एसडीएफ उम्मेदवार भाइचुङ भोटिया पनि मैदानमा छन्। यसैगरी, नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा ८२.५ प्रतिशत, राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा ८१.९२ प्रतिशत, तिमी नामफिङ निर्वाचन क्षेत्रमा ८०.५२ प्रतिशत र नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रमा ७८.९१ प्रतिशत मतदान भएको छ। यस निर्वाचन क्षेत्रमा कृष्णकुमारी राई पनि एसकेएम उम्मेदवारको रूपमा चुनावी मैदानमा छिन्।

About Author

Advertisement