लगभग ८१.७७ प्रतिशत मतदान
साेरेङ: सोरेङ जिल्लाका सबै चार निर्वाचन क्षेत्रमा शुक्रवार शान्तिपूर्वक चुनाउ सम्पन्न भयो। बिहान सात बजीदेखि शुरू भएको मतदान अबेर रातिसम्म चलेको थियो। यस जिल्लामा लगभग ८१.७७ प्रतिशत मतदान रेकर्ड गरिएको छ।
सोरेङ जिल्लाको रिन्छेनपोङ निर्वाचन क्षेत्रमा सर्वाधिक मतदान भएको छ। यहॉं ८३.८३ प्रतिशत मतदान रेकर्ड गरियो। यसरी नै दोस्रो सर्वाधिक मतदान सोरेङ च्याखुङ निर्वाचन क्षेत्रमा रेकर्ड गरियो। यहॉं ८२.४९ प्रतिशत मतदान भएको छ। यस निर्वाचन क्षेत्रबाट मुख्यमन्त्री तथा एसकेएम पार्टी अध्यक्ष प्रेमसिंह तामाङ पनि चुनाउ लडिरहेका छन्।
जिल्लाको सालघारी जूम निर्वाचन क्षेत्रमा ८०.४२ प्रतिशत र दरामदिन निर्वाचन क्षेत्रमा ८० प्रतिशत मतदान भएको छ।










