मेरिल्याण्ड: अमेरिकाको मेरिल्याण्डस्थित ग्रीनवेल्टको पार्कमा गोली चलेको छ। विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् भने सो मध्ये एकको अवस्था गम्भीर रहेको पुलिसले जनाएको छ। गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन्। गोली चल्दाको समय ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो। ग्रीनबेल्टका प्रहरी प्रमुख रिचर्ड बोबर्सले एकजना घाइतेको अवस्था गम्भीर रहेको र अर्काको अवस्था स्थिर रहेको पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्।











