एलन मस्ककाे भारत यात्रा स्थगित

106822490-1636502256947-GettyImages-1270402342r.jpg

नयाँ दिल्ली: अमेरिकी इलेक्ट्रिक वाहन कम्पनी टेस्ला प्रमुख एलन मस्कले भारत यात्रा केही समयको निम्ति स्थगित गरेका छन्। मस्कको २२ अप्रेल भारत आएर प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट गर्ने कार्यक्रम थियो। गत साता मात्र मस्कले एक्स ह्याण्डल पोस्टमा आफ्नो भारत यात्राको पुष्टि गरेका थिए।

रिपोर्ट्स अनुसार, यस मामिलाको जानकारी राख्ने व्यक्तिले एलन मस्कको भारत यात्रा स्थगित गरिएको पुष्टि गरेका छन्। यद्यपि, यसको कारणहरूको खुलासा भएको छैन। टेस्ला र भारत सरकारले यसमाथि अहिलेसम्म कुनै बयान जारी गरेका छैनन्। मस्कको भारत यात्रा टेस्लाको पहिलो तिमाहीको प्रदर्शनसित सम्बन्धित प्रश्नहरूको जवाफ दिन २३ अप्रेलमा अमेरिकामा एक कन्फ्रेन्स कलको कारण स्थगित गरिएको बताइँदैछ। उल्लेख्य, टेस्लाका मुख्य कार्यपालक अधिकारी एलन मस्कको २१-२२ अप्रेलमा भारत आउने कार्यक्रम थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement